भारतलाई पछि पार्दै अष्ट्रेलिया बन्यो नम्बर १ वान डे टिम – Nepal Press

भारतलाई पछि पार्दै अष्ट्रेलिया बन्यो नम्बर १ वान डे टिम

काठमाडौं । एक दिवसीय क्रिकेटको विश्व वरियतामा अष्ट्रेलिया एक नम्बरमा उक्लेको छ । भारतलाई पछि धकेल्दै अष्ट्रेलियाले पहिलो स्थान कब्जा गरेको हो ।

अष्ट्रेलियाले भारतविरुद्धको एक दिवसीय शृङ्खलामा हिजो जित हासिल गरेको थियो । भारतले घरेलु मैदानमा चार वर्षदेखि एक दिवसीय सिरिज हारेको थिएन । सन् २०१९ मा अष्ट्रेलियाले नै भारतमा एकदिवसीय सिरिज जितेको थियो ।

तेस्रो म्याचमा पराजित भएसँगै भारत एक स्थान तल झर्‍यो भने अष्ट्रेलिया एक स्थान माथि उक्लियो । रेटिङ प्वाइन्टमा अष्ट्रेलिया भारतभन्दा झिनो अंकले अगाडि छ ।

अष्ट्रेलियाको रेटिङ प्वाइन्ट ११३.२८६ रहेकोमा भारतको ११२.६३८ रहेको छ । भारतमै हुने एक दिवसीय विश्वकप अगाडि वरियताको उच्च स्थानमा पुग्ने अष्ट्रेलियाका निम्ति ठूलो सफलता हो ।

टेस्ट क्रिकेटमा पनि अष्ट्रेलिया एक नम्बरमा छ । त्यहाँ पनि अष्ट्रेलियालाई भारतले पछ्याइरहेको छ । टी–२० मा भने भारत पहिलो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर