भायानेटले ल्यायो एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट – Nepal Press

भायानेटले ल्यायो एक्सजीएस फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट

काठमाडाैं । इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले एक्सजीएस (XGS) फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ।

१०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजीले १० Gbps सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अहिले इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (GPON) मा आधरित छ। हाल, Gigabit Passive Optical Network (GPON) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति 2.4 Gbps र 1.2 Gbps को अपलोड गति छ। अब XGS-PON को लन्चसँगै ग्राहकहरूले १० Gbps सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्।

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको बताएको छ । XGS-PON मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ।

ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्ने दाबी कम्पनीको छ ।

हालका लागि नयाँ XGS फाइबर प्रविधिमा आधारित उत्पादनहरूको XGS-Extreme लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ।

‘हामीले गर्ने सबै कुराको केन्द्रमा हाम्रा ग्राहक रहेका छन्। र उनीहरूको इन्टरनेटका आवश्यकताहरू समयसँगै विकसित हुँदै गएको कुरा हामीले बुझेका छौँ। XGS X-treme हामी नेपालमा नवीनतम प्रविधि मार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउने हामी प्रतिबद्ध छौँ भन्ने कुराको अर्को एउटा उदाहरण हो,’ भायानेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठकले भनिन् ।

सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेशन लि. नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *