बैतडीको मणिलेकमा नेविसंघको प्यानलै विजयी – Nepal Press

बैतडीको मणिलेकमा नेविसंघको प्यानलै विजयी

कैलाली । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बैतडीको मणिलेकको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्यानलै जितेको छ ।

जसअनुसार सभापतिमा नेविसंघका नवराज भट्ट निर्वाचित भएका छन् । भट्टले ७० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए ।

सचिवमा निरज भट्ट र कोषाध्यक्षमा सुशीला नेगी विजयी हुँदा सदस्यहरूमा दिनेशसिंह साउद, पूजा चन्द, सुनिता भट्ट र मनोजदत्त ओझा निर्वाचित भएका छन् ।

यहाँमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले प्यानल बनाएर चुनाव लडेका थिए । नेविसंघ भने एक्लै चुनाव लडेको थियो ।

त्रिविअन्तर्गतका क्याम्पसहरूका चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूका आज निर्वाचन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर