सुर्ती, गुट्खा आदी खाएर मुख सानो भएको महसुस भएको छ ? सुधारका लागि यी हुन् ५ टिप्स – Nepal Press

सुर्ती, गुट्खा आदी खाएर मुख सानो भएको महसुस भएको छ ? सुधारका लागि यी हुन् ५ टिप्स

काठमाडौं । गुट्खा, सुर्ती खैनी जस्ता पदार्थको नियमित सेवनले मुखको आकार साने हुँदै जान्छ । यसलाई सामान्य दैनिक अभ्यासले सुधार गर्न सकिन्छ ।

मुखको आकार सानो हुने कुनै निश्चित अवधि हुँदैन । सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसको एक समय यस्तो आउँछ कि मुखको आकार बिस्तारै सानो हुँदै जान्छ र खानेकुरा खानमा समस्या आउने गर्दछ । बिस्तारै पानीपुरी, बर्गर लगायतका खानेकुरा खानमा समेत समस्या आउने देखिन्छ ।

सामान्यतया भन्दा कम मुख खुल्ने समस्या भिटामिन र मिनर्लको कमीका कारण पनि हुने गर्दछ । मानिसले ३५ देखि ५५ मिलिमिटर अर्थात् १.४ देखि २.२ इन्च सम्म मुखलाई खुलाउने गर्दछ । यसलाई यसरी बुझ्न सकिन्छ आफ्नो ३ औला एकैसाथ मुखभित्र जान सक्नु ।

यी हुन ५ वटा सामान्य उपाय

१ मुखको बाहिरी भागमा मालिस

दिनमा २ देखि ३ पटक हातका दुई औलाले कान तलदेखि चिउँडा सम्म ३० सेकेन्ड सम्म मसाज गर्ने । हरेक कडा हिस्सामा मसाज गर्नुपर्छ । यसले मांसपेशीलाई लचिलो बनाउँछ ।

२ मुख खोल्ने र बन्द गर्ने

कुनै पनि मानिसले आफ्नो मुखलाई खाना खाने बेला र बोल्ने समयमा मात्रै खोल्ने गर्दछ । दिनमा ५ देखि ८ पटक मुखलाई खोलेर १० सेकेन्ड रोक्ने र बन्द गर्ने १० चोटि गर्नुपर्छ ।

३ दायाँ र बायाँ घुमाउने

मुखलाई खोलेर दायाँ र बायाँ घुमाउने र घुमाउँदा ५ सेकेन्ड सम्म रोकेर राख्नुपर्छ । यसलाई पनि दिनमा ५ देखि ८ पटक अभ्यास गर्नुपर्छ ।

४ स्ट्रेच गर्ने

आफ्नो मुखलाई सामान्यभन्दा अल्लि अधिक खोलेर १० सेकेन्ड होल्ड गर्ने । दिनमा ५ देखि ८ पटक ५ चोटि गर्नुपर्छ ।

५ ओओ ईई बोल्ने

सिधा बसेर ओओ र ईई बोल्ने । पहिलो ओओ भन्दा १० सेकेन्डसम्म त्यही पोजीसनमा रोकिने त्यसपछि ईई पोजीसनमा पनि १० सेकेन्ड होल्ड गर्ने ।

यी ५ अभ्यासले मुखलाई सञ्चालन गर्ने मांसपेशी बिस्तारै नरम र खुकुलो हुँदै जान्छ । जसले गर्दा मुख सानो हुने समस्याबाट विना कुनै औषधि छुटकारा पाउन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर