टेक्निसीयन स्किल कन्टेष्ट २०२३, प्रथम हुनेलाई ३० हजार नगद


काठमाडौं । होण्डाले स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको सहकार्यमा स्किल कन्टेष्ट २०२३ सम्पन्न गरेको छ ।
आयोजकका अनुसार विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो ।
ग्वार्को ललितपुरमा सम्पन्न प्रतियोगितामा प्रथम पुरस्कार बज्रअटो महाराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटिसी पोखराका झलेन्द ईटानी र तृतीय पुरस्कार नौदेवी मोटस विराटनगरका विनोद शर्माले प्राप्त गरेको कम्पनीले बताएको छ ।
त्यसैगरी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रोलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।