एकैदिन २ हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

एकैदिन २ हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथौँ दिन बुधवार सुनको मूल्य २ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा झरेको छ ।

त्यसैगरी चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर