जसपाको कार्यकारिणी समितिको बैठक बस्दै – Nepal Press

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बारा–२ का प्रतिनिधिसभा सदस्य राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । सो बारेमा पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर