पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका सल्लाहकारसहित काठमाडौंका २१ जनाले छाडे नेकपा एस


काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् ।
नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका इन्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं- २ का क्षेत्रीय संयोजक गोपीकृष्ण रिजाल, शंखरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्यले मंगलबार पार्टी परित्याग गरेका हुन् ।
एमालेबाट विद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरु सत्तालिप्सामा केन्द्रित भएकाले मंगलबारबाटै लागू हुने गरी राजीनामा दिएको डा. ढकालले जनाएका छन् ।
राम्रो । यो अभियानको रूपमा अघि बढोस ।