पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका सल्लाहकारसहित काठमाडौंका २१ जनाले छाडे नेकपा एस – Nepal Press

पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका सल्लाहकारसहित काठमाडौंका २१ जनाले छाडे नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् ।

नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका इन्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं- २ का क्षेत्रीय संयोजक गोपीकृष्ण रिजाल, शंखरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्यले मंगलबार पार्टी परित्याग गरेका हुन् ।

एमालेबाट विद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरु सत्तालिप्सामा केन्द्रित भएकाले मंगलबारबाटै लागू हुने गरी राजीनामा दिएको डा. ढकालले जनाएका छन् ।


प्रतिक्रिया

One thought on “पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाका सल्लाहकारसहित काठमाडौंका २१ जनाले छाडे नेकपा एस

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर