कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास, हत्या गर्ने धम्की (भिडिओ) – Nepal Press

कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास, हत्या गर्ने धम्की (भिडिओ)

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास भएको छ ।

माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोमाथि पहिचान पक्षधरले आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आक्रमणको प्रयास भएको हो ।

पहिचान पक्षधरका कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरूले हत्या गर्ने चेतावनी दिँदै आङ्बोमाथि आक्रमण प्रयास गरेका हुन् ।

बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको उनका स्वकीय सचिव पुजन मगरातीले बताए । प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीले पछिल्लो समय आन्दोलन गरिरहेका छन् ।

हिजोमात्र मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।


प्रतिक्रिया

One thought on “कोशी नामकरणविरुद्ध आन्दोलनकारीद्वारा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास, हत्या गर्ने धम्की (भिडिओ)

  1. पहिचान भनेर जातीय नारा र आश्वासन दिने माओवादी नै हो । अहिले रोपेको फल खादैछ । एमालेलाई किन भन्ने ? उसले यस्तो भनेकै थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर