नेपालका आँखा रोग विशेषज्ञ डा पुरीलाई एसिया प्यासिफिक विशिष्ट सेवा अवार्ड


विराटनगर । एसिया प्यासिफिक देशहरूमा आँखाको उपचारमा विशेष योगदान गर्नेहरूलाई हरेक वर्ष प्रदान गरिँदै आएको एसिया प्यासिफिक विशिष्ट सेवा अवार्ड यस वर्ष नेपालका डा. लिला राज पुरीले पाएका छन् ।
एसिया प्यासिफिक एकेडेमी अफ अप्टोमोलोजीले आँखाको उपचारमा उत्कृष्ट सेवा गरेको भन्दै डा पुरीलाई सो अर्वाड प्रदान गरेको हो । मलेसियामा भएको कार्यक्रममा एकेडेमीले सो अवार्ड प्रदान गरेको हो ।
मलेसिया हंंगकंग, चाइना, चाइनिज ताइपेइ, सिंगापुर, भारत, पाकिस्तान अफगान स्थान, बङ्गलादेश, नेपाल लगायतका देशमा रहेर आँखाको उपचार र आँखा सम्बन्धी रोगको निदानमा अध्ययन अनुसन्धान गर्नेहरूलाई यो अवार्ड प्रदान गरिँदै आएको छ । डा पुरी मोती बिन्दुको उपचारमा उनी विशेष दक्षता राख्छन् ।
कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस गरेका पुरीले महाराजगन्ज स्थित शिक्षण अस्पतालबाट अप्टोलामोजीबाट एमडी गरेका पुरीले लन्डन स्कुल अफ हाई जिन एन्ड ट्रोपिकल मेडिसिनबाट पब्लिक हेल्थ आफ आइ केयरमा स्नातकोत्तर गरेका छन् ।
नेपालका विभिन्न आँखा अस्पतालमा काम गरेका पुरीले सगरमाथा आँखा अस्पताल लहानमा कार्यरत रहँदा ७५ हजार भन्दा बढी नागरिकको आँखाको शल्यक्रिया गरेको बताए । उनले सो अस्पतालको निर्देशकको रूपमा ६ वर्ष काम गरेका हाल उनी लन्डन स्थित फ्रेड होलोइ फाउन्डेसनमा मेडिकल एड्भाइजरका रूपमा कार्यरत छन्