ठमेलको टेन एक्समा फेसन गाला नाइट हुँदै – Nepal Press

ठमेलको टेन एक्समा फेसन गाला नाइट हुँदै

काठमाडौं । फेसनमा सिजर्नात्मकताको खोजी गर्दै ठमेलमा ‘फेशन गाला नाइट २०२३’ हुने भएको छ । आगामी शनिबार चैत ११ गते (मार्च २५) ठमेलस्थित टेन एक्स क्लबमा ‘फेसन गाला नाइट’ शो हुने भएको हो ।

फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना फेशन गाला हुने आयोजकले जनाएका छन् । फेसन सो साँझ ७ बजेदेखि ९ बजेसम्म हुने छ ।

नेपाली फेशन उद्योगमा योगदान पुर्‍याएका १० जना उत्कृष्ट व्यक्तिलाई सम्मान गरिने एफएनएनका निर्देशक शेखरराज कँसजुले जानकारी दिए । फेसनकै विभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई सम्मान गरी थप हौसला प्रदान गरिने उनले बताए ।

फेसन फिल्म शोकेस अन्तर्गत फेशन सँग सम्बन्धित भिडियो प्रस्तुती हुनेछ । ‘फेसनसँग सम्बन्धी डिजाइन, ब्राण्ड र बुटिकको भिडियो बनाएकाले उक्त दिन निःशुल्क भिडियो देखाइनेछ,’ उनले भने,’ आफ्नो फेसनका कम्पनी र आफ्ना डिजाइनको प्रचारप्रसारसमेत गर्न पाउनेछन् ।’

टेन एक्स क्लबलाई फेसन हब बनाउने तयारी गरिरहेको निर्देशक कँसजुले बताए । ‘क्लबलाई फेसन हब बनाउनलाई विशेष सम्झौता गरिन्छ । क्लब मार्फत फेशनका प्रोजेक्टहरूलाई बढाउँदै लगिन्छ,’ उनले अगाडि थपे ।

गाला फेसनको साँझ एफएनएनले नयाँ प्रोजेक्ट गर्ने इभेन्टहरू सार्वजनिक गरिने उनको भनाइ छ । ‘चाँडै समर फेसन थिम पार्टी गरिने सोचाइ राखेका छौ । उक्त इभेन्टको मिति पनि सार्वजनिक गरिनेछ, ‘ उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर