वाणिज्य बैंकले ११७ जना कर्मचारीलाई पूर्व सेवाकालीन तालिम दिँदै


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन गरेको छ ।
आइतबार तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारी नियुक्त हुने बताए ।
त्यसैगरी कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ ग्रहण गराइएको बैंकले बताएको छ ।
बैंकको हाल देशभर २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,सेवा, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने मोबाइल बैंकिङ्गका सेवा प्रान गर्दै आएका छ ।