लमजुङ क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानलै निर्वाचित – Nepal Press

लमजुङ क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानलै निर्वाचित

पोखरा । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।

क्याम्पसको स्ववियुमा अनेरास्ववियुको वीरेन्द्र जीसीसहितको प्यानल निर्वाचित भएको हो । सभापति जीसीले २६४ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेविसंघका पारस अवस्थीले २१८ मत ल्याए ।

अनेरास्ववियुका विराज सुवेदीले २६३ मत ल्याएर सचिव चुनिए । नेविसंघका जगतबहादुर बोहराले २११ मत पाए । अनेरास्ववियुका गौरव जोशी २७१ मत ल्याएर कोषाध्यक्ष चुनिँदा नेविसंघका अमृत सुनार २११ मत पाए ।

अनेरास्ववियुका चेतना राना, रसिक खनाल, विराज खड्का, धनकुमारी गुरुङ र विनिता कार्की सदस्यमा निर्वाचित भए । अनेरास्ववियुकै अर्जुन ढकाल, अनिषा कार्की, कृति खरेल, कल्पना पौडेल, सोलिना कार्की डोली, अनुपा शर्मा र पूर्णबहादुर बुढाथोकी समानुपातिकतर्फ सदस्य निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर