पाल्पामा टिपरको ठक्करबाट एकजनाको मृत्यु – Nepal Press

पाल्पामा टिपरको ठक्करबाट एकजनाको मृत्यु

रुपन्देही । पाल्पाको रिप्दिकोटबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको टिपरको ठक्करले आइतबार एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिप्दिकोट वडा नं २ मसारस्थित हार्थोक-सर्वेदाको भित्रि कच्चि सडकमा टिपरको ठक्करबाट सोही वडाका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको ज्यान गएको हो ।

रिप्दिकोटको सिद्धेश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले प्रहरी चौकी हार्थोकबाट गएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर