शंकरदेव स्ववियु चुनावमा फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ (भिडिओ) – Nepal Press

शंकरदेव स्ववियु चुनावमा फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ (भिडिओ)

काठमाडौं ।  काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा  फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।

नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको  प्रत्यक्षदर्शीले बताए । आज देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संघ स्ववियुको मतदान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर