प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने – Nepal Press

प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

काठमाडौं । सांग्रिला मोटर्स प्राइभेटको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकबीच प्युजो र सिट्रोन गाडीको खरिदमा कर्जासम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार प्युजो र सिट्रोनका गाडी खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्ने छन् । सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधा सजिलो उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर