प्रकाश पौडेल ‘माइला’को साइकलमा सल बेरियो (भिडिओ) – Nepal Press

प्रकाश पौडेल ‘माइला’को साइकलमा सल बेरियो (भिडिओ)

काठमाडौं । साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामो समय देखी जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको शब्दमा गायक वसन्त थापा र गायिका अस्मिता अधिकारीले स्वर भरेका छन् भने सङ्गीत संयोजन तथा लय समेत वसन्त थापाकै रहेको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको प्रखर अभिनय देख्न सकिन्छ ।

पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ, कुलो, इनारजस्ता बिम्बहरूलाई उनले गाउँले प्रेमसँग जोडेका छन् ।

गीतको म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफ तथा निर्देशक मौसम हिमाली सफल देखिएका छन् ।

अत्यन्त सफल छायाकार राजेश घिमिरेले क्यामरामा जादु चलाउँदा सम्पादनमा विकास ज्ञवाली जमेका छन् ।

गीतका रहेको शब्द संयोजन तथा शब्दको भावनजिक रहेर गरिएको भिडियो संयोजन श्रोतालाई आफ्नो किशोर तथा युवाकालको रुमानी सम्झनामा पुर्याउन गीत सक्षम देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *