कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, विश्वासको मतबारे छलफल हुने – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, विश्वासको मतबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

भोलि बिहान साढे १० बजे बस्ने बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल हुने नेताहरूले बताएका छन् ।

संघीय संसद् भवनको शंकर दलमा बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासकाे मत लिने तयारी गरेका छन् । यसअघि कांग्रेसले गत पुस २६ गते प्रचण्डलाई विश्वासकाे मत दिएकाे थियाे । एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि उनले फेरि विश्वासकाे मत लिन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर