डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ सर्वसम्मत चयन


काठमाडौ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सिइओ राम कुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेश सिंह बोहरा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ चन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सिइओ डा. इन्द्र कट्टेल निर्वाचित भएका छन् ।
एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।