चलचित्र ‘ज्याकी आईएम २१’ को गीत ‘कथा’ सार्वजनिक – Nepal Press

चलचित्र ‘ज्याकी आईएम २१’ को गीत ‘कथा’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘ज्याकी आईएम २१’ को गीत ‘कथा’ सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको सुनाए ।

उनले विगतमा झैं यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मनपराउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै अभिनेत्री जसिता गुरुङले मेहनतको फल मीठो हुने र त्यो हेर्न अब लामो समय कुर्नु नपर्ने बताइन् ।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ । संगीत किरण थापाले दिएका छन् ।

फिल्ममा धिरज र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम, नारायणदेवी प्रधान, प्रदीप लामालगायतको अभिनय रहेको छ ।

चलचित्र आगामी वैशाख २१ गते देशभर प्रदर्शन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर