जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीको पौरख: तस्बिरमा हेर्नुस जेभियर विज्ञान, आइटी र व्यापार प्रदर्शनी – Nepal Press

जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीको पौरख: तस्बिरमा हेर्नुस जेभियर विज्ञान, आइटी र व्यापार प्रदर्शनी

काठमाडौं । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजमा बिहीबारदेखि विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी आयोजना भएको छ ।

प्रदर्शनीमा २० वटा स्टल छन् । ती स्टलहरुमा अचारसँग सम्बन्धित, सिँचाइ, खाना र पर्यटनसँग सम्बन्धित विभिन्न स्टल रहेको कलेजले जनाएको छ । जेभियर इन्टरनेशनल कलेजकै विद्यार्थीहरुले आविष्कार गरेका सामग्रीहरु प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीको बिहीबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले उद्घाटन गरेका थिए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक आविष्कारका विषय देखाउनका लागि प्रदर्शनीको आयोजना गरिएको जेभियर इन्टरनेशनल कलजेका विद्यार्थी समर रञ्जितले बताए । दिगो विकास लक्ष्यका उद्देश्यहरु पूरा गर्न विज्ञान, सूचना प्रविधि र व्यापारले कसरी सहयोग गर्छ भन्ने विषय पनि प्रदर्शनीमा देखाइने कलेजले जनाएको छ । प्रदर्शन शुक्रबार पनि चलिरहेको छ ।

जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले सो कलेजबाट विभिन्न विधामा विश्वस्तरीय विद्यार्थीहरु उत्पादन भइसकेको र धेरैले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृति पाएको भन्दै पछिल्लो पटक कलेजका विद्यार्थीले आफ्नै क्षमताबाट विज्ञान प्रविधि एक्सपो सन्चालन गर्दा कलेजको प्रतिष्ठा समेत बढेको बताए । उनले कलेजले विद्यार्थीका लागि आवश्यक सबै भौतिक सुविधाहरु र अन्य विज्ञान प्रविधि ल्याबहरु विस्तार गर्दै लैजाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर