एनसेलको नायँ अफर, १० प्रतिशतसम्म क्यास ब्याक – Nepal Press

एनसेलको नायँ अफर, १० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । एनसेलले नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ ।आज शुक्रबार देखि लागू हुनेगरी कम्पनीले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको छ ।

स्टार्टर प्याक अन्तर्गत ग्राहकले ५९९ रुपैयाँमा २८ दिनको लागि २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम रहेको छ । नयाँ प्याक ग्राहकले एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस)बाट खरिद गर्न सक्ने बताएको छ ।

त्यस्तै, नयाँ प्लान सुचारु गर्ने ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक र ५०० रुपैयाँ वा सो भन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनस समेत प्रदान गरिने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर