दीपेन्द्रले लिए मुस्तफाको विकेट, अरविन्दको संघर्ष जारी – Nepal Press

दीपेन्द्रले लिए मुस्तफाको विकेट, अरविन्दको संघर्ष जारी

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको नेपाल र यूएईबीचको खेल निकै प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । खेलमा पकड बनाउन खोजिरहेको यूएई रोहन मुस्तफाको विकेटसँगै ब्याकफुटमा आएको छ ।

खतरनाक लयमा देखिएका यूएईका कप्तान मुहम्मद वसिमलाई सन्दीप लामिछानेले आउट गरेसँगै नेपाल खेलमा फर्किएको थियो । सन्दीप, दिपेन्द्र र ललितसिंह राजवंशीले कसिलो बलिङ गरिरहेका छन् । आक्रामक देखिन खोजिरहेका मुस्तफा आउट भएपछि युएई दवावमा परेको छ ।

मुस्तफा ३२ बलमा २० रन बनाएर आउट भए । अघिल्लो ओभरमा सोमपाल कामीलाई ब्याक टु ब्याक चौका हानेका उनी लगत्तैको ओभरमा दिपेन्द्रलाई रिभर्स स्वीप गर्ने चक्करमा विकेट गुमाएका हुन् ।

युएईको इनिङलाई भृत्य अरविन्दले डोहोर्‍याइरहेका छन् । संयमित ब्याटिङ गरिरहेका उनले नेपाली बलरहरुलाई निराश बनाउँदै अर्धसतक पूरा गरे । यो समाचार लेख्दासम्म यूएईले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १७६ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर