मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतको आदेश – Nepal Press

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतको आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ ।

मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्ताे आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म चैत ३ गते हुन लागेको निर्वाचत रोक्न भनेको हो ।

अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

ती विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर