कांग्रेसले पार्टी कमिटीलाई भन्यो- चितवन २ सहित उपनिर्वाचन हुने क्षेत्रबाट उम्मेदवारको नाम पठाउनू – Nepal Press

कांग्रेसले पार्टी कमिटीलाई भन्यो- चितवन २ सहित उपनिर्वाचन हुने क्षेत्रबाट उम्मेदवारको नाम पठाउनू

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने चितवन २ लगायतका क्षेत्रमा हुने उपनिर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्ने पार्टी कमिटीलाई निर्देशन दिएको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिम प्रक्रिया पुर्‍याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न निर्देश गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।

नागरिकता सम्बन्धी मुद्दामा रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि चितवन २ मा निर्वाचन हुन लागेको हो।

यस्तै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ र उपराष्ट्रपतिमा बारा २ का सांसद रामसहाय यादव उम्मेदवार भएकाले सो क्षेत्रमा पनि उपनिर्वाचन हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर