नेवि संघमा टिकट वितरण पादरर्शी नभएको असन्तुष्ट पक्षको आरोप – Nepal Press

नेवि संघमा टिकट वितरण पादरर्शी नभएको असन्तुष्ट पक्षको आरोप

काठमाडौं । नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट विद्यार्थी नेताहरुले गैरन्यायिक ढंगले टिकट वितरण भएको आरोप लगाएका हुन् । उनीहरुले पुनः सबैको सहमति र सहकार्यमा पुनः टिकट वितरण गरिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाहीले स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै देश भर विरोध गर्ने चेतावनी दिए । उनले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनलाई प्राइभेट लिमिटेडमा रुपान्तरण गरेको आरोप लगाए ।

उनीहरुले केन्द्रबाट नेविसंघको पृष्टभूमि नै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।

उनीहरुले केन्द्रबाट भएको अपारदर्शी टिकट वितरण, विभिन्न जिल्ला र क्याम्पसहरुमा भइरहेको पत्र वितरण कार्य सात दिनभित्र सच्याउन माग गरेका छन् । आफूहरुको माग सुनुवाई नभएर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर