लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त – Nepal Press

लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।

दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।

गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् ।

प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर