‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै, विजेता भाइबरदेखि निर्णायकसम्मको प्रस्तुति रहने – Nepal Press

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै, विजेता भाइबरदेखि निर्णायकसम्मको प्रस्तुति रहने

काठमाडाैं । नेपाली हिप-हप रियालिटी शो ‘नेपहपको श्रीपेच’को अस्ट्रेलियामा लाइभ कार्यक्रम हुने भएको छ ।

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ ।

शोका विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन् ।

कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मा ब्रिसबेनमा हुने तय गरिएको छ । कार्यक्रमका शोका मुख्य निर्णायक मानस घलेको पनि उपस्थिति रहनेछ।

त्यस्तै कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ पनि कार्यक्रमलाई लिएर निकै उत्साहित रहेको बत्ताउँछन् । अस्ट्रेलियामा भएका दर्शकहरूले कार्यक्रम हेर्न चाहेमा टिकट बुकिङ गर्न सक्नेछन्।

अस्ट्रेलियामा आयोजना हुन लागेको यो कार्यक्रमलाई नेपाली सांस्कृतिक कार्यक्रमका प्रमुख प्रवर्द्धक ‘हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर