आफ्नो उम्मेदवारी संविधान र कानूनसम्मत भएको रामसहाय यादवको जिकिर (भिडिओ) – Nepal Press

आफ्नो उम्मेदवारी संविधान र कानूनसम्मत भएको रामसहाय यादवको जिकिर (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहाय यादवले आफूले संविधान र कानूनसम्मत ढंगले उम्मेदवारी दिएको जिकिर गरेका छन्।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले संविधानअनुसार राष्ट्रपतिमा पुरूष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने माग गर्दै यादवको उम्मेदवारी खारेजीका लागि निवेदन दिएका थिए ।

यादवले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफूले संविधानको मर्मअनुसार नै उम्मेदवारी दर्ता गरेको दाबी गरेका छन्।

उनले आफूले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित व्यक्तिभन्दा फरक समुदायको मधेसी भएको उल्लेख गरेका छन्।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा सहमति नभएपछि हिजो जसपाबाट यादवसहित दुई र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर