ओखलढुंगाबाट काठमाडौं आउँदै गरेकाे बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु – Nepal Press

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेकाे बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।

उनका अनुसार २४ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

तीब्र गतिका कारण दुर्घटना भएकाे हुनसक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *