उपत्यकाका अधिकांश क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा – Nepal Press

उपत्यकाका अधिकांश क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश ठूला क्याम्पसमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका बागी उम्मेदवार उठेका छन् ।

सभापति दुजाङ शेर्पाले एकलौटी गरेको भन्दै इतर पक्षले कतै स्वतन्त्र र कतै नेपाल स्वतन्त्र विद्यार्थी समाजको ब्यानरमा उम्मेदवारी दिएका छन् ।

केन्द्रीय क्याम्पसमा कीर्तिपुरमा नेविसंघका नेता विष्णु बडेलाको नेतृत्वमा नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट प्यानल उम्मेदवार खडा भएका छन् । त्रिविमा संस्थापन पक्षबाट श्यामराज जोशी उम्मेदवार छन् ।

त्यस्तै नेविसंघको गढ मानिने शंकरदेव क्याम्पसमा सुशील धामी सभापतिमा बागी उम्मेदवार बनेका छन् । त्यहाँ संस्थापनबाट सुशान्त बस्नेत उम्मेदवार छन् ।

पब्लिक युथ क्याम्पसमा पनि शोभा बस्ताकोटी बागी उम्मेदवार बनेकी छन् भने नेविसंघले यहाँ सभापतिमा क्रान्तिकारीलाई सघाएको छ ।

क्रान्तिकारीको भागमा परेका अधिकांश क्याम्पसमा नेविसंघका बागी उम्मेदवार उठेका छन् ।

जनप्रशासन क्याम्पसमा शिविर पाण्डे र नेपाल ल क्याम्पसमा माजिद परवेजले बागी उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर