प्रदीप ज्ञवाली भन्छन्- उपराष्ट्रपतिबारे कुनै निर्णय गरेका छैनौँ – Nepal Press

प्रदीप ज्ञवाली भन्छन्- उपराष्ट्रपतिबारे कुनै निर्णय गरेका छैनौँ

शनिबार सचिवालय बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। उपराष्ट्रपतिबारे छलफल गर्नका लागि शनिबार बिहान बस्नेगरी बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवाली बताए।

उपराष्ट्रपतिको उम्मेदवार, राष्ट्रपति निर्वाचन, पछिल्ला समसामियक राजनीतिक घटनाबारे बैठकमा छलफल हुने उनले बताए।

तर, गठबन्धनबाट जसपाको उम्मेदवार हुँदा एमालेले उम्मेदवारी नदिने हो? भन्ने नेपाल प्रेसको प्रश्नमा ज्ञवालीले भने, ‘हामीले अहिलेसम्म कुनै निर्णय गरेका छैनौँ। उपराष्ट्रपतिबारे भोलिको बैठकमा छलफल हुन्छ। यसअघि हामीले त्यस्तो कुनै सहमति गरेका छैनौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर