नवनिर्वाचित राष्ट्रपति पौडेललाई आयोगले दियो प्रमाणपत्र – Nepal Press

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आयोगले दियो प्रमाणपत्र

काठमाडौं । नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिने थपलियाले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपतिमा पौडेलले ३३८०२ मतभार प्राप्त गरेर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर