गोकुलको चेतावनी- टीआरसी विधेयक हुलमुलमा पारित गरिए जटिल अवस्था आउँछ (भिडिओ) – Nepal Press

गोकुलको चेतावनी- टीआरसी विधेयक हुलमुलमा पारित गरिए जटिल अवस्था आउँछ (भिडिओ)

'माओवादी आन्दोलन संगठित हिंसा र जनयुद्ध फाँसीवाद भएको टिप्पणी'

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुनु नहुने बताएका छन् । सरकारले विधेयक ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उनको चेतावनी छ ।

भिडिओ

मानव अधिकारका अन्तर्राष्ट्रिय मापनका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरूले, निर्दोष पाउने न्याय मर्न नसक्ने बाँस्कोटाको भनाई छ ।

उनले भने, ‘एकदम प्रष्ट छ यसमा । सत्ताको, शक्तिको वा द्वन्द्वरत पक्षहरूको व्यक्तिगत खुशीयालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरूको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन । यो हाम्रो नेपालले पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय रुपमा गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुराहरू यसमा पर्छन् । छ महिनामा सिध्याउने भनेको कुरा १६ वर्षसम्म नसिध्याएपछि अनि मुद्दा धाउँदा धाउँदै परलोक हुने त मान्छेहरूले । ऐन ल्याएर समितिमा छलफल नगर्ने हुलमुलमा पास गरेर त बडा जटिल अवस्थाको
सिर्जना हुनसक्छ ।’

नेता बाँस्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको टिप्पणी गरे । ‘जनयुद्ध’ राजनीतिक खोलभित्र देखिएको सामाजिक फाँसीवाद भएको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर