राष्ट्रपति चुनाव : ४ बजेबाट गणना, यस्तो बनाइयो नियम – Nepal Press

राष्ट्रपति चुनाव : ४ बजेबाट गणना, यस्तो बनाइयो नियम

पौडेलको प्रतिनिधि रमेश लेखक, नेम्वाङको महेश बर्तौला

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना ४ बजेबाटै हुने भएको छ । विजेतालाई आजै प्रमाणपत्र वितरण गर्नेगरी मतदान सकिएलगत्तै मतगणनता सुरू हुने भएको हो । संघीय र प्रदेशतर्फको अलगअलग गणनास्थल रहने छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेलले कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् ।

राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकको ७ वटा निर्णय पनि गरेको छ ।

यी हुन् निर्णय

१. दिउँसो ४ बजेदेखि मतगणना थालिने ।

२. स्वस्तिक छाप लगाउनु पर्ने । त्यसबाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुनेछ ।

३. सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर हुनेछ ।

४. संघीय संसद र प्रदेशसभाको अलगअलग मतगणना हुने ।

५. मतगणनामा रास्ट्रपति उम्मेद्बारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछ ।

६. मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने ।

७. मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बाँडिने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर