अभिनेत्री सुरक्षा पन्तले मानवसँग गरिन् बिहे – Nepal Press

अभिनेत्री सुरक्षा पन्तले मानवसँग गरिन् बिहे

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले विवाह गरेका छन् । बिहीबार चितवनको सौराहामा विवाह समारोह चलिरहेको छ ।

विवाहको एक तस्बिर फेसबुकमा सार्वजनिक गर्दै सुरक्षाले आजबाट नयाँ अध्याय सुरू गरेको बताएकी छन् । तस्बिरमा दुवैले औठी साटासाट गरेको देख्न सकिन्छ ।

करिब ६ वर्ष लामो प्रेमसम्बन्धलाई सुरक्षा र मानवले आज विवाहमा परिणत गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर