भलिबलकी उषालाई पिपल्स च्वाइस अवार्ड (भिडिओ) – Nepal Press

भलिबलकी उषालाई पिपल्स च्वाइस अवार्ड (भिडिओ)

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्ने ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड २०७८ को पिपल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

उषाले ३८.०३२२ प्रतिसत मत प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितिन् । यसपटक पिपल्स च्वाइस विधाको मनोनयनमा उषा भण्डारीसंगै क्रिकेटका आसिफ शेख, लन टेनिसका अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र पैडीकी डुवाना लामा मनोनयनमा परेका थिए ।

अवार्डको दोस्रो स्थानमा रहेका अञ्जनले ३१.१४०२ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका आसिफले १४.९९७ प्रतिसत मत प्राप्त गरे । यस्तै, तेस्रो र चौथो स्थानमा रहेका अभिलाषा विष्ट र डुवाना लामाले क्रमशः ८.३२६७ र ७.५०८३ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर