एमाले शक्तिशाली भएकै कारण घेराबन्दीमा परेको हो : निर्मल भट्टराई – Nepal Press

एमाले शक्तिशाली भएकै कारण घेराबन्दीमा परेको हो : निर्मल भट्टराई

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले एमाले गठबन्धनसँग एक्लै निर्वाचनमा जाँदा पनि जनताको रोजाइको पहिलो र शक्तिशाली पार्टी बनेको कारण अहिले पनि घेराबन्दीमा परेको दाबी गरेका छन् ।

एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगर कमिटीद्वारा आयोजित विस्तारित भेलामा सम्बोधन गर्दै उनले भने, ‘पार्टीको राष्ट्रव्यापी सांगठनिक संजाल र उत्कृष्ट नेता कार्यकर्ताहरु प्रतिक्रियावादी शक्तिको टाउको दुखाइ बनेको ।’

पार्टी प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाले पार्टीमा देखापर्ने अराजकता र अनुशासनहीनतालाई ग्रासरुट अभियानले अन्त्य गर्ने बताए ।

भेलामा प्रदेश कमिटीका सदस्य सूर्य लामा, जिल्ला उपसचिव सुसिला पाख्रिन, युवा नेता डि बी तामाङलगायतले अभियानबारे चर्चा गरेका थिए ।

विस्तारित भेला पालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले आफ्नो पालिकाभित्र गरिने समग्र योजना पारित गरेको छ ।

अभियान अवधिमा सदस्यता नवीकरण, वडाभेला र प्रशिक्षण, जनसंगठन भेला, पुराना कम्युनिष्ट र आश्रयदाताको सम्मान गरिने कमिटी सचिव राजकुमार सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर