प्रधानमन्त्रीलाई वाइसियलको ज्ञापनपत्र- व्यवस्था विरोधी सलबलाए शान्ति प्रक्रिया टुंग्याइयोस् – Nepal Press

प्रधानमन्त्रीलाई वाइसियलको ज्ञापनपत्र- व्यवस्था विरोधी सलबलाए शान्ति प्रक्रिया टुंग्याइयोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा पुगेर वाइसियल अध्यक्ष सुवोध शेर्पालीको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।

गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा संगठनको गम्भीर ध्यानाकर्षण जनाउँदै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

अहिलेसम्मका उपलब्धिविरुद्ध षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गरेका छन् ।

शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादीबीच भएका १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायकाविरुद्ध भइरहेका चलखेल र षड्यन्त्रप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर