रातम्मे बजारमा आज हरियाली, दोहोरो अंकले बढ्यो नेप्से – Nepal Press

रातम्मे बजारमा आज हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा कायम भएको छ ।

आइतबार बजार ३०.७७ अंकले घटेर १९५२.२५ बिन्दुमा बन्द भएको थियो ।

आज ४० लाख ५९ हजार १४९ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै सर्वधिक नाफा कमाउनेमा क्रमशः शुभम पावर लिमिटेड, सुपर मादी हाइड्रोपावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र इमेरजिङ नेपाल रहेका छन् ।

सर्वाधिक गुमाउनेमा क्रमशः शिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, नबिल इक्युटी फण्ड, सम्मीत लघुवित्त वित्तीय संस्था र कुमारी धनवृद्धि रहेका छन् । त्यसैगरी शुभम पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ ।

कारोबारका आधारमा साल्ट ट्रेडिङ करर्पोरेसन १२ करोड ७ लाख ८५ हजार ५०३ रुपैयाँ बराबरको कारोबार गरेर शीर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पूँजीकरण २८ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर