रञ्जित रेको दाबी- कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना छ – Nepal Press

रञ्जित रेको दाबी- कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना छ

काठमाडौ । भारतीय पूर्वराजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा कांग्रेस-एमालेको सरकार बन्ने सम्भावना भएको दाबी गरेका छन् ।

भारतीय अखबार डेक्कन हेराल्डमा एक लेखमार्फत् रेले १० वर्षअगाडि जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताए ।

एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै उनले तेस्रो विकल्पको रूपमा कांग्रेस-एमालेबीचको गठबन्धनको सम्भावना उल्लेख गरेका छन् ।

रेले भनेका छन्, ‘२०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना छ ।’

नेपालको राजनीतिक अस्थिरता भएपनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन् ।


प्रतिक्रिया

One thought on “रञ्जित रेको दाबी- कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना छ

  1. To write the possibility is the core of an author’s brain ! Human brain is a poor fortune-teller.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर