पीएसजीको नान्टेसमाथि ४–२ को सानदार जीत, शीर्षस्थान कायमै – Nepal Press

पीएसजीको नान्टेसमाथि ४–२ को सानदार जीत, शीर्षस्थान कायमै

काठमाडौँ । पीएसजीले  नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औँ मिनेटमा मेसीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पीएसजीले २–० ले अग्रता लियो ।

३१औँ मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउँदै  खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औँ मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औँ मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३औँ स्थानमा छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर