माननीयलाई मिडियाले खेदेको खेद्यै, जनताले पनि टोकेको टोक्यै : मुख्यमन्त्री अधिकारी – Nepal Press

माननीयलाई मिडियाले खेदेको खेद्यै, जनताले पनि टोकेको टोक्यै : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माननीयहरूलाई मिडिया र जनताले खेदेको खेद्यै गरेको बताएका छन् ।

प्रेस क्लब गण्डकीको पहिलो अधिवेशनमा शनिवार मुख्यमन्त्री अधिकारीले जनप्रतिनिधिलाई मिडिया र जनताले सैतानको जस्तो व्यवहार गरेको बताएका हुन् ।

‘माननीयहरु मानौँ की यस्ता हुन्, यी त सैतान नै हुन्, मिडियाले पनि खेदेको खेदै गर्छ, हेर ५० हजारको जुत्ता लगा छ भन्ला जस्तो, हेर घर त यस्तो बनाको भन्ला जस्तो, यो माननीय भनेको त बनाउन चाहिँ जनप्रतिनिधि बनाउन, जनताले जनताले पनि उसलाई टोकेको टोक्यै हुन्छ, यी मिलेर बाँडेर खाए भन्छन्,’ मुख्यमन्त्री अधिकारीले भने ।

मिडिया र जनप्रतिनिधिहरूबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा दरार देखिएको मुख्यमन्त्री अधिकारीले जनाए ।

उनले भने, ‘निर्वाचित संस्थाहरूलाई बलियो सबलीकरण कसरी गर्ने ? त्यो तर्फ मिडिया र निर्वाचित जनप्रतिनिधिहरूबिचको अन्योन्याश्रित हुनुपर्ने हो नि । तर, दरार नै देखिन्छ पहिरो जाने गरेर ।’

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज

प्रेस क्लब गण्डकीको शनिवार भएको प्रथम अधिवेशनबाट एकराज गिरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्ष राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी, सहसचिव दीपा भण्डारी पौडेल चयन भएकी छन् ।

आशीष पुरी र संकल्प ढुंगाना समितिको सदस्य चुनिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर