गुमनाम नवलकेमी राई खोज्दै रविन कोइराला – Nepal Press

गुमनाम नवलकेमी राई खोज्दै रविन कोइराला

विराटनगर । बाथरोगले थलिएका छन् उनी । तर, हरेक दिन उनी घाँस काट्छन् । गाईको भकारो सोहोर्छन् र धन्धापात गर्छन् । उनी अर्थात नवलकेमी राई ।

उनी २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा इलामबाट निर्वाचित जनपक्षीय सांसद हुन् । त्यो बेला निर्दलको विपक्षमा बोल्नु गाह्रै थियो । यही गाह्रैको बीचमा पनि उनले पञ्चहरुलाई हराए ।

उनी जनपक्षीय उम्मेदवारको रुपमा उठ्दै विजयी भए । त्यो निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य जित्ने ५ जनामात्रै जनपक्षीय उम्मेदवार थिए । पद्मरत्न तुलाधार, द्रोणप्रसाद आचार्य, जागृतप्रसाद भेटवाल र सोमनाथ प्यासी अधिकारीसँगै नवलकेमी राईले पनि चुनाव जितेका थिए ।

जनपक्षीय उम्मेदवारको रुपमा त्यो बेला रापस जितेका अन्य नेताहरु बहुदलपछि देशका विभिन्न ओहदामा पुगे । सोमनाथ प्यासी अधिकारी तत्कालीन प्रदेश नम्बर १ को प्रदेश प्रमुख भए ।

तर, राष्ट्रिय पञ्चायतमा जनताको पक्षमा वकालत गर्ने नवल भने बहुदलपछि गुमनाम छन् । २०४५ सालदेखि नै बाथ रोगले थलिएका राईलाई एमालेले सुरु गरेको ग्रासरुट अभियानअन्तर्गत खोजी अभियान थालेको छ ।

उनी इलामको चुलाचुली गाउँपालिका साक्फारामा बस्छन् । ग्रासरुट अभियान चुलाचुली गाउँपालिकाका संयोजक तथा एमाले केन्द्रीय सदस्य रविन कोइरालाले पार्टीलाई योगदान गरेकाहरुको खोजी अभियानमा पार्टी लागेको बताए ।

उनले चुलाचुलीको साक्फारामा रहेका नवलकेमी गुमनाम भएकाले पार्टी उनको अवस्था बुझ्न जान लागेको बताए ।
उनले भने, उहाँको योगदान उच्च छ । उहाँको मूल्याङ्कनलाई सम्मान गर्दै पुनः पार्टीमा सक्रिय बन्न अनुरोध गर्न जान लागिएको हो ।’

वि.सं. २००५ सालमा साक्फाराको दशमी बजारमा जन्मिएका राई साक्षरमात्रै हुन् । उनले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।


प्रतिक्रिया

One thought on “गुमनाम नवलकेमी राई खोज्दै रविन कोइराला

  1. एक दिन आफू पनि यसरी नै गुमनाम हुन्छु भनेर हाेला।डर लाग्न थाल्यो हाेला नी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *