राष्ट्रिय सहमति नबन्ने भएपछि महन्थजी राष्ट्रपतिको दौडबाट ब्याक हुनुभयो : राजेन्द्र महतो (भिडिओ) – Nepal Press

राष्ट्रिय सहमति नबन्ने भएपछि महन्थजी राष्ट्रपतिको दौडबाट ब्याक हुनुभयो : राजेन्द्र महतो (भिडिओ)

एमालेलाई जवाफ- रामचन्द्रजीको प्रस्तावक भएकाले सघाउन सक्दैनौँ

काठमाडौं । लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले एमाले नेताहरुले राष्ट्रपतिमा सघाउने प्रस्ताव गरेपनि तत्काललाई सम्भव नभएको बताएका छन् ।

एमाले नेताहरुसँगको भेटपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवार बराबर भएपछि रामचन्द्र पौडेलको प्रस्ताव नै आफ्नो पार्टी भएको बताए ।

उनले भने, ‘उहाँहरुले राष्ट्रपतिमा सहयोग गर्नुपर्यो भनेर आग्रह गर्नुभयो । हामीले उहाँलाई शुभकामना दियौं । हामीले अहिले आठ दलीय गठबन्धनमा छौं । तर, तपाईंहरुको आग्रहको बिषयमा हामी पार्टीको बैठकमा राख्छौँ भनेर हाम्रो पार्टीका अध्यक्षले भन्नुभएको छ ।’

तपाईंहरु पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने दौडधूपमा हुनुहुन्छ । अहिले किन ब्याक हुनुभयो भन्ने प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीजीबाट राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल भएको थियो । हामीले हाम्रो पार्टीको अध्यक्ष राष्ट्रिय सहमतिको उपयुक्त पात्र हुनुहुन्छ भनेर लागेका थियो। तर, परिस्थिती त्यता गएन ।’

उनले आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट पनि उम्मेदवारी भएपछि राष्ट्रिय सहमति बन्न नसक्ने भएकाले पार्टी अध्यक्ष ठाकुर राष्ट्रपतिको दौडबाट ब्याक भएको बताए ।

राष्ट्रपति निर्वाचनपछि मात्रै सरकारमा जानेबारे छलफल हुने भएकाले अहिले कुनै छलफल नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर