भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु, एकजना घाइते
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ फागुन १८ गते २०:४५
![](https://www.nepalpress.com/wp-content/uploads/2021/04/Thunder-Stroam-chatyang.jpg)
भोजपुर । भोजपुरमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ । षडानन्द नगरपालिका-१२ तिप्ले बस्ने नारायण भुजेलको १३ वर्षीय छोरा सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भुजेललाई तुम्लिङटार मनाकामना अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो । त्यस्तै, घटनामा स्थानीय भक्त बहादुर भुजेलको २५ वर्षीय प्रदीप भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर