शेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से २६ अंकले घट्यो – Nepal Press

शेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से २६ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ ।

नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ बिन्दुमा अडिएको छ । वुधबार २४.४४ अंकले घट्दै १९०० को लाइनमा झरेको नेप्से परिसूचक आज पनि घटेको हो ।

बजारमा ३६ लाख ५७ हजार १५४ कित्तता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज सर्वाधिक नाफा कमाउनेमा क्रमश बुद्दभूमि नेपाल हाइड्रोपावर, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल तराइ र लक्ष्मी उन्नति कोष रहेका छन् ।

सर्वाधिक गुमाउनेमा क्रमश ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, नदिप लघुवित वित्तीय संस्था र सिटीजन म्युचअल फण्ड रहेका छन् ।

त्यस्तै, कारोबारमा रहने उपसमूह तर्फ रहेका १३ वटै समूहको शेयर मुल्य घटेको छ ।

बजार पूँजीकरण २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर