१८ वर्षमुनिका प्रयोगकर्ता लक्षित टिक-टकले ल्याउँदै गरेको नयाँ नियममा के छ ? – Nepal Press

१८ वर्षमुनिका प्रयोगकर्ता लक्षित टिक-टकले ल्याउँदै गरेको नयाँ नियममा के छ ?

काठमाडौं । चर्चित भिडिओ शेयरिङ एप टिक- टकले १८ वर्ष भन्दा मुनिका आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ नियम ल्याउने तयारी गरेको छ ।

टिक-टकको सुरक्षानीति तथा प्रयोगकर्ताको रुचि अनुसार एकै किसिमका कन्टेन्ट ‘पूस’ गर्न सक्ने किसिमको ‘अल्गोरिदम’लाई लिएर विश्वका विभिन्न मुलुकहरू बहस सुरु हुन थालेको वर्तमान अवस्थामा टिक-टकले नयाँ नियम कार्यान्वयन ल्याउने तयारी गरेको हो ।

टिक-टकको नयाँ नियम अनुसार १८ वर्षमुनिका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिक-टक प्रयोग गर्न पाउने छन् । यति मात्र नभएर अभिभावकले आफ्ना बाल बच्चाहरूलाई केही निश्चित ह्यासट्याग तथा कन्टेन्टहरू हेर्नबाट रोक समेत लगाउन सक्ने छन् ।

टिक-टकका सुरक्षा प्रमुख क्रोम्याक किनानका अनुसार दैनिक ६० मिनेटको लिमिट पुगे पश्चात् ‘टिनएजर’हरुको हकमा पासकोड प्रविष्ट गर्न र हेर्न जारी राख्न ‘सक्रिय निर्णय’ गर्न प्रेरित गरिनेछ भने १३ वर्ष भन्दा मुनिका प्रयोगकर्ताको हकमा अभिभावकले प्रारम्भिक ६०-मिनेट सीमा पुगेपछि ३० मिनेट अतिरिक्त अवलोकन समय अनुमति दिनको लागि अवस्थित पासकोड सेट वा प्रविष्ट गर्नुपर्नेछ।

टिक-टकले चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याबका शैक्षिक अनुसन्धान र विज्ञहरूसँग परामर्श गरेर ६० मिनेटको थ्रेसहोल्ड लागु गर्न लागेको जनाएको छ ।

प्रारम्भिक चरणमा रहेको अभिभावकीय नियन्त्रण सुविधालाई अभिभावक, युवा र नागरिक समाजका संस्थाहरूसँगको परामर्शमा उपकरणको डिजाइन गरी विकास गरिने बताइएको छ ।

गत वर्षको अन्त्यमा जारी गरिएको एक रिपोर्टका अनुसार टिक-टकले टिन एजरहरुमा इटिङ डिसअर्डर र सेल्फ हार्मिङ कन्टेन्ट प्रवर्द्धन गरेको जनाएको थियो ।

यस किसिमको समस्या इन्स्टाग्राममा पनि रहेको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर