बिहानैदेखि ट्वीटरमा समस्या, प्रयोगकर्ता असन्तुष्ट – Nepal Press

बिहानैदेखि ट्वीटरमा समस्या, प्रयोगकर्ता असन्तुष्ट

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा बुधबार बिहानदेखि समस्या देखिएको छ । बिहानैदेखि यस प्ल्याटफर्ममा होमपेज एक्सेस गर्न, ट्विट गर्न तथा डाइरेक्ट म्यासेज पठाउनका लागि समस्या देखा परेको हो ।

साथै ट्विटर टाइमलाइन पनि नदेखिने समस्या देखा परेको पनि जनाइएको छ । आउटेज मनिटरिङ्ग साइट डाउन डिटेक्टरले हिजो साझँ ७ बजे देखिनै ट्विटरमा यस किसिमको समस्या देखा परेको भए तापनि आज दिउँसो एक बजेपछि यो समस्या थप रिपोर्ट भएको पाइएको छ ।

डाउन डिटेक्टरका अनुसार हिजो साझँ ७ बजे देखि आज दिउँसो १ बजेसम्म विश्वभरबाट १५ सय ४७ जनाले अधिकारिक रुपमा ट्विटरमा समस्या आएको रिपोर्ट गरेका छन् । उक्त रिपोर्ट अनुसार ४८ प्रतिशतले ट्वीटरको एप, ४४ प्रतिशतले ट्विटरको वेबमा र ८ प्रतिशतले शर्भर कनेक्सनमा समस्या देखिएको जनाएका छन् ।

विश्वभरनै यस किसिमको समस्या देखा परेसँगै प्रयोगकर्ताहरु ट्वीटरको सेवाप्रति असन्तुष्ट बनेका छन् । ट्वीटरले यस किसिमको समस्या किन देखा परेको हो भन्ने विषयमा हाल सम्म कुनै आधिकारिक जानकारी गराएको छैन् । गत फेब्रुअरी ८ मा पनि ट्विटरमा यसै किसिमको समस्या देखा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर